अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

युरोकप महिला फुटबल : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बिआरटीनेपाल २०७९ असार २९ गते ६:५२ मा प्रकाशित

स्पेनलाई हराउँदै जर्मनी युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति समुह ‘बी’ को दोस्रो चरणको खेलमा जर्मनीले स्पेनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।जर्मनीको जितमा क्लारा बुह्ल र अलेसान्द्रा पोपले एक एक गोल गरे ।

जितसँगै आठ पटकको युरोपियन च्याम्पियन जर्मनीले समुहका दुई खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३–३ अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । मंगलबार राति नै भएको अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० ले हराएको छ ।

युरोकप फुटबलमा आज बुधबार राति समुह ‘सी’ का दुई खेल हुनेछन् । बुधबार स्विडेनले स्विट्जरल्याण्ड्सँग खेल्दा पोर्चुगलको भिडन्त साविक विजेता नेदरल्याण्ड्ससँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू