अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

एन्फाको कार्यसमिति बैठक साउन २ गते

बिआरटीनेपाल २०७९ असार २८ गते ८:११ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक साउन २ गते बस्ने भएको छ ।एन्फामा नयाँ नेतृत्व आएपछि सुचना र एजेण्डा सहित पहिलो पटक कार्यसमिति बैठक बस्न लागेको हो ।एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

गत साता बंगलादेशमा भएको साफ बैठकले महिला च्याम्पियनशिप नेपालमा गगर्ने निर्णय गरेको थियो ।त्यस्तै एन्फाको बैठकमा विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुिक्त लगायतका एजेन्डामा छलफल र निर्णय हुदैछ ।

बैठकमा सि ढिभिजन छनोट बारे पनि छलफल हुने एन्फाले जनाएको छ । बैठकले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि टिम छनोटको मापदण्ड र सहभागीताका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू