अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति

बिआरटीनेपाल २०७९ असार २८ गते ८:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको आधिकारिक नेपाल टी–२० लिगलाई स्वीकृति दिएको छ ।नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकाल्दै विश्वको शीर्ष टी–२० लिगमा नेपालको लिग पनि समावेश हुने बाटो खुलेको जनाएको छ ।

क्यानको आयोजनामा हुने लिगको पहिलो सिजन असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने छ । क्यानले यो लिगलाई आफ्नो ड्रिम प्रोजेक्ट भनेको छ । क्यानले नेपाल टी–२० लिगको सबै अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू