अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

बिआरटीनेपाल २०७९ असार २७ गते ७:५२ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय खेलमा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउर २ सय २० रन जोडेको हो ।

उसका लागि जन निकोलले सर्वाधिक ६० रनको योगदान दिँदा डिभान लाककले ४३ रन प्रहार गरे । कप्तान जरहाड इरामसले २१ तथा क्राग विलियम्सले २१ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करण केसी, बसीर अहमद र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू