अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

डी मारिया युभेन्ट्समा अनुबन्धित

बिआरटीनेपाल २०७९ असार २५ गते ६:४७ मा प्रकाशित

अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका छन् ।३४ वर्षका मिडफिल्डर मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् । सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

सन् २०१५ मा स्पेनिस क्लब रियल म्यड्रिडबाट इङ्ल्यान्ड कीर्तिमानी मूल्य ५९ दशमलव ७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड आएका डी मारिया त्यसको एक सिजनपछि ४४ दशमलव ३ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए ।

पीएसजीमा रहँदा उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । सन् २००८ देखि अर्जेन्टिनाको टोलीमा रहेका उनले १ सय २२ क्याप जित्दा २५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू