अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

क्यामरोन नोरीलाई हराउँदै जोकोभिच फाइनलमा

बिआरटीनेपाल २०७९ असार २५ गते ६:४७ मा प्रकाशित

शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।जोकोभिचले बेलायतका क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार राति सेन्टर कोर्टमा नवौं वरीयताका जोकोभिचले क्यामरोनलाई २–६, ६–३, ६–२, ६–४ ले हराएका थिए । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।

स्पेनिस टेनिस स्टार राफायल नाडालले पेटको चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू