अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी

बिआरटीनेपाल २०७९ असार २४ गते ७:३३ मा प्रकाशित

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो ।

प्रतियोगिता पोखरामा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । नवौंको मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख छ ।

बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री गहतराले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताउनु भयो । प्रतियोगितामा ३६ खेलमा प्रतिष्पर्धा हुनेछ भने २ वटा खेल प्रदर्शनीको रुपमा आयोजना हुने छ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्यसचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू