अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

सभामुख सापकोटा अजरबैजान प्रस्थान

बिआरटीनेपाल २०७९ असार १४ गते ७:५७ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजानको राजधानी बाकुमा हुने कार्यक्रममा भाग लिन सभामुख सापकोटा नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। अजरबैजानको संसदले आयोजना गरेको सम्मेलन असार १६ गतेदेखि १८ गतेसम्म चल्नेछ।संघीय संसद सचिवालयका अनुसार सभामुख सापकोटा आज बिहान ११स्१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अजरबैजान प्रस्थान गर्नुभएको हो । उक्त टोलीमा सांसद पुष्पा भुसाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ ।

सम्मेलनमा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुहुने छ । सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। सभामुखसहित टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले आज बिदाइ गरेका छन्। उक्त टोली असार १९ मा नेपाल फर्कने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू