अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०७९ असार ५ गते ७:३१ मा प्रकाशित

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । आइतबार विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानूनविद्ले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू