अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि: स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७९ असार ३ गते ८:३६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको बताएको छ।विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो।

बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो।उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू