अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

पार्टीले प्राप्त गरेको मतका आधारमा समीक्षा हुने नेकपा एसका अध्यक्ष नेपालको भनाइ

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:३६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले गरेको प्रदर्शनका विषयमा पार्टी भित्र समीक्षा गर्ने बताउनुभएकोछ । आज २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टी प्राप्त गर्नुपर्ने जति नभएको बताउनुभएकोछ ।

पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उहाँको भनाइ छ । गठबन्धनमा नेकपा एस र माओवादी केन्द्रले सोचे अनुसारको परिणाम आउन नसकेको भन्दै समीक्षा गर्ने बताएको छ । अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनमा नेपाली काँग्रेसलाई भने फाइदा पुग्ने देखिएको छ । ५ दलिय गठबन्धन बनेपनि सोचे अनुसारको मतपरिणाम आउन नसकेको भन्दै गठबन्धनभित्रका नेताहरूले समीक्षा गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू