अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

स्थानिय तह निर्वाचन- मत परिणाम आउने क्रम अन्तिम चरणमा

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:०९ मा प्रकाशित

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ५ बजेसम्मको अद्यावधिक तथ्याङ्क अनुसार ६ सय ५७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । तथ्याङ्क अनुसार २ सय ९५ स्थानीय तहमा नेपाली काँग्रेसले जित निकालेको छ भने अझै पनि २८ स्थानमा अगाडी रहेको छ । यस्तै नेकपा एमालेले १ सय ८२ स्थानमा जित निकालेको छ भने १९ स्थानमा अगाडी रहेको छ ।

यसैगरि माओवादी केन्द्रले १ सय २२ स्थानमा जित निकालिसकेको छ भने अझै १२ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टी जसपाले २० स्थानमा जित निकालेको छ भने १२ स्थानमा अझै अगाडी रहेको छ । नेकपा एसले भने हाल सम्म १४ स्थानमा जित निकालेको छ भने ५ स्थानमा अगाडी रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ८ स्थानमा जित निकालेको छ भने ८ स्थानमा अगाडी रहेको छ ।

यस्तै काँग्रेसले २ सय ६८ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ भने २९ स्थानमा अगाडी रहेको छ । एमालेले भने २ सय ४ स्थानमा उपप्रमुख पद जित्दा ३२ स्थानमा अगाडी रहेको छ । माओवादी केन्द्रले १ सय १९ स्थानमा उपप्रमुखको पद जितेको छ भने ९ स्थानमा अगाडी रहेको छ । यसैगरि जसपाले २२ स्थानमा उपप्रमुखको पद जितेको छ भने १० स्थानमा अगाडी रहेको छ । नेकपा एसले २१ स्थानमा उपप्रमुखको पद जित्दा २ ठाउँमा अगाडी रहेको छ । लोसपाले ८ स्थानमा उपप्रमुख जितेको छ, ७ स्थानमा अगाडी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू