अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

युक्रेन युद्धका लागि पश्चिमा देशलाई पुटिनको दोषारोपण

बिआरटीनेपाल २०७९ वैशाख २६ गते ७:४४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गर्नुभएको छ । मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले त्यहाँ आक्रमण गर्नुपर्ने अवस्था आएको तर्क गर्नुभयो ।

आक्रमण वा युद्ध भन्ने शब्द समेत प्रयोग नगर्नुभएका पुटिनले रुस युक्रेनमा विशेष सैन्य कारवाही गरेको बताउनुभयो । विशाल सैन्य परेडको उपस्थितिमा उहाँनले पूर्वी युक्रेनमा रुसी सेनाले मातृभूमिको रक्षा गरिरहेको तर्क पनि गर्नुभएको छ । तर उहाँले युक्रेन युद्धको आगामी रणनीतिबारे भने कुनै घोषणा गर्नुभएन ।

विजय दिवस परेडमा ६५ हजार मानिसको सहभागिता रहेको छ भने परेडमा २४ सय प्रकारका सैन्य सामग्री र ४ सय वटा युद्धक विमानको प्रदर्शन गरिएको थियो । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को मे ९ मा जर्मनीको नाजी सेनालाई तत्कालिन सोभियत युनियनको सेनाले पराजित गरेको दिनलाई रुसले हरेक वर्ष विजय दिवसको रुपमा मनाउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू