अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ७:१८ मा प्रकाशित

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।ज्यान गुमाउनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ ।  पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा  ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फाेट अति नै भयानक भएकाेले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् । विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालयसमेत रहेकाे तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेकाे बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू