अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनुपर्छ : युक्रेनी राष्ट्रपति

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ७:१६ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको छ ।युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिनुभएको हो ।

जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गर्नुभएको छ । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उहाँको भनाइ छ ।रुसी सेनाले अहिले दक्षिणपूर्वी सहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यहाँ अझै पनि केही युक्रेनी नागरिक र सैनिक फसेका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भू–भागमाथि रुसले निरन्तर पकड कायम राख्न नसक्ने दाबी समेत गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू