अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

जापानद्वारा थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का

बिआरटीनेपाल २०७९ वैशाख २३ गते ७:०५ मा प्रकाशित

जापानले रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का गरेको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गर्नुभएको हो ।

भ्रमणका क्रममा बेलायत पुग्नुभएका जापानका प्रधानमन्त्री किशिदाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटका क्रममा यस्तो घोषणा गर्नुभएको हो ।घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताउनुभयो ।

जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सह्य नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू