अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

कमल थापाको नयाँ पार्टीले गणतन्त्र स्वीकार्ने, स्थानीय चुनावमा भाग लिने

बिआरटीनेपाल २०७८ माघ २८ गते ७:३५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाको नयाँ पार्टीले गणतन्त्र स्वीकार्ने भएको छ । नयाँ पार्टी खोल्ने निर्णय गरेर पूर्वी नेपालको भ्रमणमा रहेका थापाले शुक्रबार सुनसरीको इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै यसै साता नयाँ पार्टी दर्ता हुने बताउनुभयो ।

नयाँ दलले बदलिँदो राजनीतिक परिस्थितिमा संविधानले स्थापित गरेका मूल्य(मान्यताबमोजिम जनभावना अनुरूप क्रियाशील हुने उहाँको भनाइ छ । थापाले संविधानले स्थापित गरेको मूल्य मान्यता अन्तर्गत संघीयता र गणतन्त्र मान्ने स्पष्ट पार्नुभयो। यद्यपि उहाँको नयाँ पार्टीले हिन्दु राष्ट्रलाई मुख्य एजेण्डा बनाएको छ । धर्मनिरपेक्षताविरुद्ध थापाको पार्टी उभिनेछ ।

नेता थापाले नयाँ गठन हुने पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने स्पष्ट पार्नुभएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले भने राष्ट्रिय दललाई मात्र चुनाव चिन्ह दिने बताउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू