अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने

बिआरटीनेपाल २०७८ माघ २८ गते ६:०४ मा प्रकाशित

नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ मा गर्ने भएकाे छ । पार्टीकाे केन्द्रीय निर्वाचन समितिकाे बैठकले आज शुक्रवार याे निर्णय गरेकाे हाे ।

मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र सम्पन्न गर्ने तयारी रहेकाे कार्यालयका सचिव केशव रिजालले निकाल्नुभएकाे विज्ञप्तिमा जनाइएकाे छ ।सप्तरी, सिरहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चाेक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस जिल्ला अधिवेशन हुन बाँकी रहेकाे हाे ।

काेराेना भाइरस सङ्क्रमणका कारण कांग्रेसले यी जिल्लामा अधिवेशनकाे मिति सार्दै आएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू