अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

सर्वोच्चमा फागुन १ देखि सबै सेवा नियमित हुने

बिआरटीनेपाल २०७८ माघ २८ गते ५:४७ मा प्रकाशित

सर्वाेच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छ। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुन १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो।

कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसबन्धी सुनुवाइमात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ हुँदै २८ गतेसम्म सेवा संकुचन गर्दै आएको थियो।

सेवा संकुचनको क्रममा सर्वोच्चले मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधिबमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिखको सेवा दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू