अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री कार्कीकाे निर्देशन

बिआरटीनेपाल २०७८ माघ २७ गते ७:०० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । बिहीवार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक-अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भन्नुभयो, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउनसक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।”

उहाँँले जवाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम दिन नसकिने बताउँदै चालु अर्धवार्षिक अवधिमा पूँजीगत खर्च सन्तोषजनक नरहेकाले त्यसलाई वृद्धि गर्न निर्देशन दिनुभयो । असारमा बजेट सक्ने गरी हतारमा काम गर्ने परिपाटीको अन्त्य गरी वैशाखभित्रै लक्ष्यअनुसार कार्यसम्पादन गर्न पनि मन्त्री कार्कीले जोड दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मन्त्रालयअन्तर्गत १४२ वटा माइलस्टोनको कार्यान्वयन गर्ने लक्ष्य राखेकामा हालसम्म जम्मा ४७ वटाको मात्र कार्य सम्पन्न भएकाले बाँकी माइलस्टोनको पनि यथासमयमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले मुलुकमा चरम विद्युत् भार कटौती रहँदा आफू ऊर्जामन्त्री भएको र त्यतिबेला विभिन्न नीतिगत निर्णय गरेको परिणाम आज मुलुक विद्युतमा आत्मनिर्भर बन्न सकेको प्रसङ्ग उल्लेख गर्दै अहिले पनि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी लिइरहँदा दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू