अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

नेपालमा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ सङ्क्रमितको ज्यान गयो

बिआरटीनेपाल २०७८ माघ ११ गते ५:५७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार ८ सय ९ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप ८ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

२४ घण्टामा ३ हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार ९ सय ३४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित अहिलेसम्म खोप लगाउने २ करोड ९६ लाख ६४ हजार ६ सय सात जना रहेका छन् । यसमा १ करोड ६३ लाख ३३ हजार ९ सय ३७ जनाले कम्तीमा एक मात्रा र १ करोड ३१ लाख ६ हजार ७ सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू