अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

अमेरिकाबाट प्रवेशले ल्याए ‘अनलाइन’ ( भिडियो )

साम्युल कैनी २०७८ पुष १७ गते १८:०४ मा प्रकाशित

काठमाडौँ – गायक प्रवेश राईको सुमधुर स्वरमा सजिएको ‘अनलाइन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गायक राईले नयाँ वर्ष २०२२ को कोसेली स्वरूप यो गीत ल्याएका हुन्। यस गीतमा स्वर , शब्द र सङ्गीत स्वयम् गायक प्रवेश राईको रहेको छ । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ। अनलाइनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुसी भिडियोमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा गायक प्रवेश राई, सृजना भुजेल र बादल मगरको अभिनय रहेको छ। भीम लामिछानेले छायाङ्कन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्। प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया