अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

म्युजिक भिडियोमा आकाश र पुजाको प्रेम (भिडियो)

साम्युल कैनी २०७७ चैत २० गते ८:५१ मा प्रकाशित

काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो बिलकुलै नयाँ गीत ‘तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

रोमान्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन्। ‘तस्बिर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्बिरकै गीतकार विष्णुबाबु देवकोटाले लेखेका हुन्। टिका दहालले सङ्गीतबद्ध गरेको यस गीतलाई राहुल प्रधानले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा दर्शक श्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ। यस अघिको ‘तस्बिर’ भिडियोमा समेत यही जोडीको अभिनय रहेको थियो। बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेसनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका कंडेलले ‘सधैँलाई’, ‘नेपाली छोरी’, ‘म के भनौँ’ म्युजिक भिडियोहरू सार्वजनिक गरिसकेकी छन्।

प्रतिक्रिया