अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

चार सय रूपैयाँले घट्याे सुनकाे मूल्य

बिआरटीनेपाल २०७८ पुष १५ गते ७:२८ मा प्रकाशित

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९२ हजार एक सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर १ हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू