अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

पर्यटन बोर्डका सिइओ रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

बिआरटीनेपाल २०७८ पुष १४ गते ८:१९ मा प्रकाशित

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सिइओ डा। धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त आदेश दिएको छ। अन्तरिम आदेशबारे छलफल गर्न माघ ३ गते दुबै पक्षलाई बोलाइएको छ।

पुस २ गते पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो। विदेशबाट फर्कने क्रममा आफूले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनी विवादमा आएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू