अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

शेयर बजार साढे ५ अङ्कले बढ्यो, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ पुष १४ गते ७:३१ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको शेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू