अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले तदारुकता देखाएन – अध्यक्ष गोल्छा

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:१५ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाउनुभएको छ ।सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।

महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बधित एक सय वटा समस्याहरू पहिचान भएको बताउँदै उहाँले ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावरण बन्ने दाबी गर्नुभयो ।अध्यक्ष गोल्छाले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी काम अगाडी बढाएको पनि बताउनुभयो । यसमध्ये १४ वटा समस्या कानुनसँग सम्बन्धित रहेको उहाँको भनाइ छ ।

महासंघका अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावका कारण लयमा फर्किन थालेको अर्थतन्त्र पुनः सुस्ताउँदै गएकोले चिन्ता बढेको बताउनुभयो । अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू