अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:२६ मा प्रकाशित

सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि विवाद भएको छ ।गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको हो ।वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरीले बचाउन प्रयास गर्ने क्रममा झडप भएको बताइएको छ ।

निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ । यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू