अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

ब्लेडमा अन्तःशुल्क बढाउने सरकारको निर्णयप्रति सांसदले नै उठाए प्रश्न

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:०६ मा प्रकाशित

प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तःशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन । शुक्रबार सिंहदरमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उक्त चेतावनी दिएका हुन् ।

सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।

पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेशी स्टिल उद्योगमा वार्षिक करिव ३० अर्व नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाउनुभयो । प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू