अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

साहित्यकार गीता खत्रीको उडेको आकाश: डुलेको धर्ती नियात्रा सङ्ग्रह लोकार्पण

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते १३:१३ मा प्रकाशित

विगत अढाई दशकदेखि अमेरिकाको न्युर्योकमा बसोबास गर्दै आउनु भएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको अध्यक्ष साहित्यकार गीता खत्रीको आठौँ कृति उडेको आकाश: डुलेको धर्ती नियात्रा सङ्ग्रह बिहीबार, कार्तिक ४ गते, २०७८ का दिन विशेष समारोहकाबीच काठमाण्डौमा लोकार्पण भयो । १०३ वर्षीय शताब्दी पुरुष डा सत्यमोहन जोशीको हातबाट उंहाकै घरमा कृतिको विमोचन गरियो । कृतिको समीक्षा प्रसिद्ध नियात्राकार युवराज नयांघरेले गर्नु भएको थियो । कृतिको बारेमा प्रा.डा. खगेन्द्र लुइटेलले पनि चर्चा गर्दै स्रष्टा गीता खत्रीलाई बधाई दिनु भएको थियो ।

कार्यक्रमको आयोजना अनेसास नेपाल च्याप्टरले गरेको थियो भने कार्यक्रमको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष श्री सन्ध्या पहाडीले गर्नु भएको थियो । अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष श्री राजेन्द्र के.सिले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्रष्टा गीता खत्रीलाई बधाई दिनु भयो । त्यसै गरी अनेसास नेपाल च्याप्टरको अर्को उपाध्यक्ष श्री सरिता अर्यालले सफलतापूर्वक कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सचिव विमला निरौला, अनेसास केन्द्रीय सदस्य डा रेणुका सोलु, अनेसास पुरस्कार समितिका सदस्य तथा अनेसास बोष्टन च्याप्टरकी अध्यक्ष दिपा राई पुन, साहित्यपोष्टका प्रधान सम्पादक श्री अश्विनी कोइराला लगायत सबै वरिष्ठ साहित्यकारहरूले गीता खत्रीलाई नयाँ कृतिका निमित्त हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो । स्रष्टा गीता खत्रीले यो कृतिको जन्मका सम्बन्धमा बोल्नु भएको थियो ।

निजी स्वार्थका लागि अरूको जीवनसँग खेलबाड नगरौँ भन्ने सोच बनाएर मनले चाहेर पनि धेरै जनालाई कार्यक्रममा बोलाउन नसकिएको भनाई आयोजक अनेसास नेपाल च्याप्टरको थियो । कार्यक्रम छोटो र मीठो भएको दाबी अनेसास नेपाल च्याप्टरको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू