अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

पर्यटन व्यवसाय निर्बाधरुपमा सञ्चालन गर्न सरकारसँग पर्यटन क्षेत्रको माग, पुरा नभए आन्दोलन गर्ने

बिआरटीनेपाल २०७८ भदौ २७ गते ७:५३ मा प्रकाशित

पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।

आईतबार काठमाडौंमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका हुन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिसा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीलाई पनि समेट्नु पर्ने बताउनुभयो । आफ्ना माग पुरा नभए आन्दोलन गर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू