अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

अमेरिकामा कलाकारहरूको अधिवेशन सम्पन्न

पुष्कर बराल २०७८ भदौ २३ गते ६:५५ मा प्रकाशित

न्युयोर्क,अमेरिका । उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरूको संस्था नेपाली अमेरिकन कलाकार सङ्घको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ।

न्युयोर्कको क्विन्समा हिजो सम्पन्न भएको महाधिवेशनले आगामी नयाँ कार्यसमिति अनेक बाधा विरोध र अड्चनका बाबजुद पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निशा सुनार निर्विरोध निर्वाचित भएका छिन। हिजो न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निशा सुनार अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् । यो कार्य समितिको कार्यकाल २ वर्षको रहनेसमितिले जनाएको छ ।

१७ सदस्य कार्यसमितिमा प्रमुख संरक्षक अभय ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी विष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उम्मेदवार दर्ता गर्न ३० मिनेट र उम्मेदवारी दिन र फिर्ता गर्न दिइएको समय ५ मिनेटको समयमा सबै पदहरूको लागी पद सङ्ख्या बराबर मात्रा उम्मेदवारी परेको हुँदा उम्मेदवारी दिनुहुने सबै जना निर्विरोध तथा स-सम्मानित रूपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम तथा विशेष अतिथि फिप्नाका अध्यक्ष लोकचेम्जोङ, पर्यवेक्षक केशवराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योञ्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि अवसरमा नव निर्वाचित पदाधिकारीहरूलाई आ-आफ्नो पदको शपथ ग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निशा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई, उपाध्यक्ष-विमल डाँगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-सङ्गीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने र समितिको बोर्ड सदस्यहरूमा नवीन श्रेष्ठ, चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् । अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवी साहित्यकार पत्रकार कलाकर्मी र विभिन्न सङ्घसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।

नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो विषम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फुटेर होइन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातान्त्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ न कुनै विवाद नकुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरूले सन्देश दिएका छन् ।