अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

शुक्रबारे ब्यङ्ग्य

पुष्कर बराल २०७३ चैत १८ गते १३:१० मा प्रकाशित

१-
मुखभरी दाह्रि बोकेर कता हिडेको ?
आडम्बरको भारी बोकेर कता हिडेको ?
मान्छे पनि गाँडें गाँडें, कुरा गर्छ आँडे,
केटा भई सारी बोकेर कता हिडेको ?
२-
अत्याचार गर्‍यो, गर भने एकछिनको लागी
मरी हेर्छु भन्यो, मर भने एकछिनको लागी
ताराहरू समातेर आकाशमा घर बनाउछ रे,
बसाई सर्छु भन्यो,सर भने एकछिनको लागी