अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

अनेसास एसिया समितिमा सल्लाहकारहरूको चयन

बिआरटीनेपाल २०७८ साउन १९ गते १४:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसिया समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको अध्यक्षतामा बसेको एसिया समितिले एसियाका विभिन्न देशहरूबाट सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिको सल्लाहकारहरूमा वरिष्ठ साहित्यकार प्रा.डा. गाग्री शर्मा (नेपाल), समालोचक डा. नेत्र एटम (नेपाल), सङ्गीतकार सुषमा ओमाता (जापान), साहित्यकार प्रा.डा. कविता लामा (सिक्किम, भारत), साहित्यकार मुक्ति बराल (सिलगढी, भारत), साहित्यकार तीर्थ सङ्गम राई (कतार) र अनेसास एसिया समितिका निवर्तमान संयोजक निशा अर्याल रहनु भएको छ ।

अनेसासले क्षेत्रीय स्तरमा गठन गरेको अनेसास एसिया समितिले क्षेत्रीय स्तरमा कोरिया र भारतको दार्जिलिङमा पहिलो र दोस्रो एसियास्तरिय नेपाली साहित्य सम्मेलनहरू सम्पन्न गरिसकेको छ ।

यसै गरी कोरोनाको कारण वर्तमान विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रमहरूको पनि आयोजना गर्दै आएको छ । साथै कोरिया सम्मेलनको स्मारिका प्रकाशन गरिसकेको छ भने दार्जिलिङ सम्मेलनको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू