अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:३० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना बिरुद्दको खोप लगाउने क्रममा भिभाड नगर्न, नगराउन सबैलाइ आग्रह गरेको छ । धेरै जसो खोप केन्द्रमा भिड देखिएको भन्दै आवश्यकता अनुसार खोप केन्द्र थप गर्न र भौतिक दुरि कायम गराउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापन बारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सम्पर्क व्यक्ति तोक्न सबै स्वास्थ्य कार्यालयलाइ निर्देशन दिनुभएको छ । मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न पनि भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू