अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

एसएसबीले तुइन काटेर नेपालीको ज्यान लिएको घटनाको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:४४ मा प्रकाशित

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एसएसबीबाट भएको अमानवीय घटनाको भर्त्सना गर्दै प्रदर्शन गरेको हो।

र्‍यालीसहितको प्रदर्शन शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरुले ‘सीमा क्षेत्रका नागरिकहरुको सुरक्षाको ग्यारेन्टी गर’, ‘नेपालीमाथिको हत्या हिंसा बन्द गर’,’१९५० को लगायत असमान सन्धि सम्झौता खारेज गर’,’भारतीय एसएसबीको ज्यादती बन्द गर’ लगायतका नारा लगाएका थिए।

शुक्रबार विहान तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू