अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

कांग्रेसका तीन शीर्ष नेताबीच चाक्सीबारीमा भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:२६ मा प्रकाशित

नेपाली कांग्रेसका तीन शीर्ष नेताहरु उपसभापति बिमलेन्द्र निधि, महान्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानसिंहबीच भेटवार्ता भएको छ ।
सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको कांग्रेस युवा नेता युपी लामिछानेले जानकारी दिनुभयो ।

महाधिवेशन नजिकिएसँगै उहाँहरुबीच आगामी पार्टी नेतृत्वको विषयमा यसअघि पनि छलफल भइसकेका छन् । यसअघि पटक–पटक भएकोे छलफलमा बाहिर देखिने ठोस उपलब्धि भएका छैनन् । निधि र कोइराला र सिंह तीनैजना पार्टीको आगामाी नेतृत्व लिने दौडमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू