अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:१२ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

पूर्वप्रधानमनत्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको थियो भने सांसद् महेन्द्र यादवले समर्थन गर्नुभएको थियो । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियोनेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो । केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू