अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

माधव नेपाल समूह असन्तुष्टहरूको झुण्ड मात्रै हो– गोकुल बाँस्कोटा

बिआरटीनेपाल २०७८ साउन १५ गते २:०९ मा प्रकाशित

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य गोकुल बाँस्कोटाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई असन्तुष्टहरूको झुण्डको संज्ञा दिनुभएको छ ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै राजनीतिक एजेण्डा नहुने बताउनुभयो । नेता नेपालले आफ्नै पार्टीको सरकारलाई कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा सुम्पेको उहाँको आरोप छ ।

नेपालको यो कदमले इतिहासको मूल्य चुकाउनुपर्ने बाँस्कोटाको भनाइ छ । उहाँले अदालतले संविधानको उल्लंघन गरेर राजनीतिक फैसला गरेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू