अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

संसाक सम्मान २०७८ को घोषणा

बिआरटीनेपाल २०७८ साउन ६ गते १५:२६ मा प्रकाशित

काठमाडौँ । विगत ९ वर्षदेखि संस्कृति साहित्य र कलाको लेखन, प्रकाशन, प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान – २०७८ को घोषणा गरेको छ । संसाकले यस वर्ष समीक्षा, काव्य/कविता, मुक्तक, नियात्रा, शीत आदि विधाका ६ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ ।

विभिन्न विधाका सम्मान पाउने स्रष्टा/सर्जकहरूमा:
१. संसाक यात्री नियात्रा सम्मान– रञ्जुश्री पराजुली, काठमाडौँ ।
२. संसाक अनामणि समीक्षा सम्मान– अरुणबहादुर खत्री ‘नदी’, काठमाडौँ ।
३. संसाक भद्रकुमारी के.सी. मुक्तक/हाइकु सम्मान– अमित घिमिरे, सिन्धुपाल्चोक ।
४. संसाक तेज/शोभा काव्य सम्मान– रेणु थापा मौनता, काठमाडौँ ।
५. संसाक कर्ण शीत सम्मान– देवेन्द्रराज शाक्य, बुटवल ।
६. संसाक गोपालराज/मैयादेवी पाण्डे साहित्य सम्मान– मेनुका चापागाई, मोरङ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्व र मुक्तककार जसध्वज गुरुङ र उपप्राध्यापक अनुपमा रेग्मीको सदस्यमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो ।

सम्मान समर्पण कार्यक्रमको आयोजना कोरोना भाइरस (कोभिड–१९) को अवस्थालाई ध्यानमा राख्दै उपयुक्त समय र स्थानको छनोट गरी निकट भविष्यमा गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू