अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट खाद्यान्नमा दिएकाे छुट आजबाट बन्द

बिआरटीनेपाल २०७८ असार ८ गते ९:२५ मा प्रकाशित

खाद्य व्यवस्था तथा व्यापर कम्पनीले निषेधाज्ञाकाे अवधिमा खाद्यान्नमा दिएकाे छु (आज) मंगलवारदेखि बन्द गरेकाे छ । काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो  बनाएकाले छुट दिन बन्द गरेकाे हाे ।

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे ।

‘अब निषेधाज्ञा खुकुलो भइसकेको छ। हामीले खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय गरेका छौं,’ सुवेदीले भन्नुभयाे । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमानै सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट बिक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने व्यवस्था गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू