अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बिआरटीनेपाल २०७८ असार ३ गते २२:२० मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।उहाँलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ ।

गण्डकी प्रदेशसभा ६० सदस्यीय थियो । उक्त संख्याको बहुमत ३१ पु¥याएर उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । यसबीचमा राष्ट्रिय जनमोर्चाका एक सांसद हटेका छन् । जनमोर्चाले पार्टी निर्देशन नमानेको भन्दै सांसदबाट कृष्ण थापालाई हटाएको थियो । यसैबीच विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू