अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

पूर्वसांसद हरिभक्त अधिकारीको निधन

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:३४ मा प्रकाशित

पाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिनुभयो ।

नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । पाैडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।

अधिकारीले गैरसरकारी संस्था महासङ्घको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर समेत काम गर्नुभएको थियो भने २०५५ सालमा नेपाल खाद्य संस्थानको अध्यक्ष पनि हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू