अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

एनआरएनए एनसीसी मोजाम्बिकद्वारा रजहरको चिकित्सालयलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

कृष्ण के.सी २०७८ जेठ ४ गते ८:४१ मा प्रकाशित

रजहर, नवलपरासी । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) मोजाम्बिकले पूर्व नवलपरासीको देवचुली नगरपालिका वडा न १६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचार कक्षलाई करिब २ लाखको आर्थिक सहयोगमा १० थान अक्सिजन सहितको सिलिन्डरहरू हस्तान्तरण गरेको छ।

एनआरएनए एनसीसी मोजाम्बिकका अध्यक्ष देवी पौडेलको संयोजनमा सम्पन्न उक्त कार्यक्रम भर्चुअल रूपमा सम्पन्न भएको थियो। देवचुली नगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालय ब्याबस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्री लाई उक्त सिलिन्डरहरू हस्तान्तरण गरेका थिए।

कार्यक्रममा भर्चुअल रूपमा एनआरएनए आइसिसीका पूर्व कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए एनसीसी मोजाम्बिकका अध्यक्ष देवी पौडेल समेत सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले अफ्रिकाका एनआरएनहरूलाई गाउँघर सम्झेर अप्ठ्यारो अवस्थामा सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।