अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

“ओलीलाई राष्ट्रिय सरकार बनाऔँ भन्दा मान्नुभएन” – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०५ मा प्रकाशित

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दा नमानेको बताउनुभएको छ । नेकपा एमालेका सांसद महेश बस्नेतले उक टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ’प्रधानमन्त्री बनाइदिनुपर्योे’ भनेको भनेपछि उहाँले सामाजिक सञ्जालमा स्पष्टीकरण दिंदै सो कुरा बताउनुभएको हो । बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताउनुभएको थियो ।

कुराकानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैंले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दाबी थियो ।

जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले आफू बोल्नै पर्ने अवस्था आएको बताउनुभएको छ । आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि उहाको जिकिर थियो । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि भट्टराईले बताउनुभएको छ ।

साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउन सकिने कुरा उहाँले ट्वीटरमा उल्लेख गर्नुभएको छ । भट्टराईले भन्नुभएको छ , ’प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊकक भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौं!’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू