अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

प्रधानमन्त्री ओलीको विश्वासको मतका लागि सबै दलसँग छलफल गर्ने एमालेको निर्णय

बिआरटीनेपाल २०७८ वैशाख २३ गते ८:०५ मा प्रकाशित

नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा पर्नुभएको छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय पनि गरेको छ । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफलका लागि राष्ट्रपति निवास शितलनिवास पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले आजै साँझ मन्त्रिपरिषद् बैठक डाक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू