अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

गण्डकी प्रदेशमा नवनियुक्त प्रदेश प्रमुख पौडेलद्धारा पदभार ग्रहण

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:३६ मा प्रकाशित

गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गर्नुभएको छ । उहाँले बुधबार पोखराको सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सोमबार प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले सोमबार नै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नुभएको थियो।

गण्डकी प्रदेशका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सरकारले सोमबार नै सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू