अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०४ मा प्रकाशित

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजे सम्मका लागि तोकिएको थियो ।

त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ । निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।

यस्तै बैठकले काठमाडौं उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनु पर्ने निर्णय पनि गरेको छ । बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू