अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

प्रधानमन्त्री ओली र एमाले नेता नेपालबीच वार्ता, ठोस प्रगति भएन

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२३ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल आज पनि भेटवार्ता भएको छ । उहाँहरुबीच काठमाडौंको नक्सालस्थित होटल मेरियटमा करिब २ घण्टा छलफल भएको हो । डेढ महिना लामो सम्वादहीनता तोडेर हिजो पनि दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच कुराकानी भएको हो । भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा सांसद मोतिलाल दुगडबीच वार्ता सकारात्क भएको र थप वार्ता चल्ने जानकारी दिनुभयो । बुधबार पनि करिब २ घण्टा वार्ता चलेको थियो । दुगडले दुई दिनको वार्तामा दुवै नेताले पार्टी फुट्न नहुने साझा भावना व्यक्त गरेको बताउनुभयो । नेता दुगडले अर्को वार्ताको मिति तय नभएपनि वार्ताले निरन्तरता पाउने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू