अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

काठमाडौँ फेरि विश्वकै प्रदूषित शहरको एक नम्बरमा

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२१ मा प्रकाशित

केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ। काठमाडौँ अहिले (सोमबार) विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ। आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (एअर क्वालिटी इन्डेस्क) ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।

गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो। तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो। हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित काठमाडौँसहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको हप्ता अवस्था अति नाजुक भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू